पृष्ठभूमि
डाेल्पा क्षेत्रफलकाे हिसावले नेपालकाे सवैभन्दा ठुलाे जिल्ला हाे । याे कर्णाली प्रदेशकाे एक हिमाली जिल्ला हाे । यस जिल्ला प्राकृतिक दृष्टिकाेणले भरीपुर्ण जिल्ला हाे । याे २० डिग्री २४" उत्तरदेखि २९डिग्री ४३" उत्तरी अक्षाश ८०डिग्री २४" पुर्वदेखि ८३डिग्री ३८" पुर्वी देशान्तरसम्म ७८८९ वर्ग कि मि क्षेत्रफलमा फैलिएकाे छ । समुन्द्रसतह देखि १५२५ मिटर देखि ७६२५ मिटर सम्मकाे उचाइमा रहेकाे छ । बि.स.२०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । डेाल्पाे नाम परिवर्तन हुन गई हाल यस जिल्लाको नाम डोल्पा रहन गएकाे छ । यस जिल्लाकाे सदुरमुकाम दुनै रहेकाे छ । यस जिल्लालाइ १ निर्वाचन क्षेत्र, २ नगरपालीका र ६ गाँउपालीकामा विभाजन गरीएकाे छ । नेपालको सबै भन्दा गहिरो शे-फोक्सुण्डो ताल र विश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको धो तराप बस्ती यसै जिल्लामा पर्दछन् । यसै गरी नदिहरु ठुलाे भेरी सानाे भेरी मुख्य छन यि नदिकाे उद्यम स्थल प्रथा हिमाल जगदुल्ला हिमालका साथै धाैलागिरी हिमाल र चुरेन हिमाल पर्वतमालामा पर्ने अन्य हिमाल छन । डाेल्पा पर्वतारोहण र ट्रेकिङको लागि महत्वपूर्ण मानिने जिल्ला हाे । फाेक्सुण्डाे ताल आन्तरिक र वाह्य पर्यटकहरुकाे राेजाइकाे गन्तव्य रहेकाे छ साथै त्रिपुरा सुन्दरी मन्दिर र शे गुम्वा यस जिल्लाका धार्मिक एवम् साँस्कृतिक रुपले महत्वपुर्ण मानिएका छन ।नेपालकाे सवै भन्दा ठुलाे राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज यसै जिल्लामा पर्दछ । यस राष्ट्रिय निकुञ्जमा रेडपाण्डा चितुवा कस्तुरी मृग तिब्बती खरायाे नाउर र डाँफे मुनाल कालीज चिल आदी पन्क्षी पाइन्छन । यी प्रसिद्ध स्राेत साधनले पर्यटन उद्याेग व्यावसाय सन्चालन गरेमा फस्टाउने देखिन्छ । यस जिल्लामा प्रशस्त मात्रमा चरन क्षेत्र रहेकाेले पशुपालन (भेडा च्याङ्गा) व्यावसायबाट आयआर्जन गर्न सकिने देखिन्छ । यस जिल्लालाइ प्राकृतिक रुपले सम्पन्न जिल्ला मान्न सकिन्छ । डाल्पाकाे प्रसिद्ध जडिबुटिहरुमा जटामसी, यार्सागुम्वा, पाँचअैाले, सतुवा, पदमचाल, वनलसुन, विष, गुछ्छीच्याउ आदि रहेका छन । हिमाली हावापनीमा पाइने रुख विरुवा र जडिबुटीले वन जन्य उद्याेग सन्चालनमा टेवा पुग्ने देखिन्छ । हिमालबाट बग्ने खाेला नदि धरै भएकाले यस जिल्लामा लघु जलविद्युत आयोजनाहरुकाे सम्भावना रहेकाे पाइन्छ । यस जिल्लाकाे पुर्वमा मुस्ताङ र चीनकाे तिब्बत, पश्चिममा जुम्ला र मुगु, उत्तरमा चिनकाे तिब्वत र दक्षिणमा जाजरकाेट र रुकुमपश्चिम सँग सिमाना जाेडिएकाे छ । तिब्बतसँग पनि सिमाना जाेडिएकाेले उद्याेग व्यावासय सन्चालन गर्नकाे लागि चाहिने कच्चा प्रदार्थ आपुर्ति गर्न सकिने देखिन्छ । साविककाे घरेलु तथा साना उद्याेग विकास समितिबाट हुने सेवा प्रवाह आ व २०७६।०७७ मा कर्णाली प्रदेश सरकारकाे निर्यणबाट उद्याेग तथा उपभाेक्ता हित संरक्षण कार्यालय नामाकरण भइ यस कार्यालयबाट उद्याेग दर्ता र बाणिज्य दर्ताकाे दैनिक कामकाज हुदै आएकाे छ । यस जिल्लाकाे आवतजावतकाे लागि नेपालगँज सुर्खेतबाट हवाइमार्ग र सडक यातायताका साधनबाट पनि पुग्न सकिन्छ ।