सत्य बहादुर भण्डारी

सत्य बहादुर भण्डारी


कार्यालय प्रमुख

9858366045

saryabhandari12@gmail.com
खेमराज बिष्ट

खेमराज बिष्ट


सुचना अधिकारी

९८४३४०६६९४

khemrajbista111@gmail.com

परिचय

डाेल्पा क्षेत्रफलकाे हिसावले नेपालकाे सवैभन्दा ठुलाे जिल्ला हाे । याे कर्णाली प्रदेशकाे एक हिमाली जिल्ला हाे । यस जिल्ला प्राकृतिक दृष्टिकाेणले भरीपुर्ण जिल्ला हाे । याे २० डिग्री २४" उत्तरदेखि २९डिग्री ४३" उत्तरी अक्षाश ८०डिग्री २४" पुर्वदेखि ८३डिग्री ३८" पुर्वी देशान्तरसम्म ७८८९ वर्ग कि‍‌‌‌ मि क्षेत्रफलमा फैलिएकाे छ । समुन्द्रसतह देखि १५२५ मिटर देखि ७६२५ मिटर सम्मकाे उचाइमा रहेकाे छ । बि.स.२०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । त्यसै नाम परिवर्तन हुन गई हाल यस जिल्लाको नाम डोल्पा रहन गएकाे छ । नेपालको सबै भन्दा गहिरो शे-फोक्सुण्डो ताल र विश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको धो तराप बस्ती यसै जिल्लामा पर्दछन् । यस जिल्लाकाे पुर्वमा मुस्ताङ र चीनकाे तिब्बत, पश्चिममा जुम्ला र मुगु, उत्तरमा चिनकाे तिब्वत र दक्षिणमा जाजरकाेट र रुकुमपश्चिम सँग सिमाना जाेडिएकाे छ । यस जिल्लालाइ १ निर्वाचन क्षेत्र, २ नगरपालीका र ६ गाँउपालीकामा विभाजन गरीएकाे छ ।